२२ मंसिर २०८२, सोमबार | Tue Dec 9 2025

यसरी हेर्नुहोस् दरमखोला हाइड्रोको आईपीओ नतिजा

२९ साउन, काठमाडौं । दरमखोला हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको कार्यालयमा आइपीओ बाँडफाँड भएको हो ।

बिक्री प्रबन्धकका अनुसार कम्पनीको आइपीओमा २२ लाख ९६ हजार ४६५ आवेदन परेकोमा २२ लाख ८३ हजार २२६ जनाको आवेदन मात्रै सदर भएको छ भने १३ हजार २३९ जनाको आवेदन बदर भएको छ ।

कम्पनीको आइपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाबाट बाँडफाँड गरिएको छ । गोलाप्रथाबाट बाँडफाँड गर्दा २ लाख ४२ हजार ३१८ जनाले १० कित्ता सेयर प्राप्त गरेका छन् भने ५ जनाले थप एक कित्ता सेयर गरी ११ कित्ता आइपीओ प्राप्त गरेका छन् । कम्पनीकाे आइपीओ नतिजा केही समयपछि प्रकाशन हुनेछ । कम्पनीकाे आइपीओ नतिजा बिक्री प्रबन्धकको बेवसाइट: https://lscapital.com.np/ipo, सिडिएसले आइपीओ नतिजा हेर्ने तयार पारेको बेवसाइट: https://iporesult.cdsc.com.np/ र बाट सिडिएसको बेवसाइट: https://meroshare.cdsc.com.np/#/login बाट हेर्न सकिनेछ ।

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार १०:३८