१७ चैत्र २०८२, मंगलवार | Tue Mar 31 2026

नेप्सेमा ५० लाख कित्ता ऋणपत्र सूचीकृत

२८ साउन, काठमाडौं । एनआइसी एशिया बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ । बैंकको ‘७५ एनआइसी एशिया डिबेञ्चर २०९१’ नामक ऋणपत्र सूचीकृत भएको हो ।

नेप्सेमा बैंकको १० वर्ष अवधि तथा ७ प्रतिशत ब्याजदर भएको अंकित मूल्य १ हजार रुपैयाँ दरको कुल ५० लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो । अब भोलिदेखि दोस्रो बजारमा बैंकको उक्त ऋणपत्र  कारोबार हुनेछ ।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार १६:२२