नेप्सेले दियो गिरावटलाई निरन्तरता, कारोबार रकम पनि घट्यो
२८ साउन, काठमाडौं । साताको तेस्रो कारोबारको दिन बुधबार सेयर बजारमा गिरावट आएको छ । यस दिन नेप्स १०.५० अंकले घटेर २७८५.७४को विन्दुमा कायम भएको हो ।
आज नेप्सेमा कारोबार भएको ३२१ कम्पनीको १ करोड ५८ लाख ४७ हजार ८७३ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब १६ करोड १८ लाख ९४ हजार रुपैयाँको कारोबार भएको छ ।
बुधबार मायाखोला हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक अंकले बढेकाे छ । यस दिन बलेफी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यस दिन कम्पनीको ३४ करोड ११ लाख रुपैयाँको कारोबार भएको छ । यस दिन १०.२५ प्रतिशत केबिएल डिबेञ्चरको मूल्य सर्वाधिक ९.४८ प्रतिशत घटेको छ।
प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार १५:३२














