२५ मंसिर २०८२, बिहीबार | Thu Dec 11 2025

सन नेपाल लाइफले सेयरधनी बनायो निराश, लाभांश वितरण नगर्ने

२८ साउन, काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरुलाई निराश बनाएको छ । कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई कुनैपनि लाभांश नदिने निर्णय गरेको छ ।

साउन २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीका सेयरधनीहरुलाई लाभांश नदिने  निर्णय गरेको हो । साथै ,बैठकले आव २०८०/८१ को वित्तीय विवरण स्वीकृतीका लागि नेपाल बीमा प्राधिकरण समक्ष पेश गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार ११:१६