चिलिमे हाइड्रोपावरको विद्युत बिक्री आम्दानी सामान्य बढ्यो
२७ साउन, काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीले ६७ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ०.१५ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले ६७ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले विद्युत बिक्रीमार्फत १ अर्ब १२ करोड रुपैयाँ आम्दानी गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.८१ प्रतिशत बढेको हो। अघिल्लो आर्थिक वर्ष कम्पनीले विद्युत बिक्रीमार्फत १ अर्ब ११ करोड रुपैयाँ आम्दानी गरेको थियो।
८ अर्ब ७८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग २ अर्ब ६८ करोड रुपैयाँ रहेको छ।कम्पनीले यो अवधिमा १३ करोड ४० लाख वित्त आम्दानी र ३ करोड ४३ लाख अन्य आम्दानी गरेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ७४ पैसा, प्रतिशेयर नेटवर्थ १३० रुपैयाँ ५९ पैसार मूल्य आम्दानी अनुपात ६०.७ गुणा रहेको छ।
प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलवार ०९:५२












