१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

मेक्सिकोमा तेल पाइप लाइनमा बिस्फोटः ७१ को मृत्यु

६ माघ, मेक्सिकाे । मेक्सिकोको हिडाग्लो प्रान्तमा शुक्रबार बेलुकी भएको तेल पाइप लाइन दुर्घटनामा ७१ को मृत्यु भएको खबर छ । यो दुर्घटनामा दर्जनौं घाइते भएका छन् । अधिकारीका अनुसार शुक्रबार बेलुकी दर्जनौं मानिस पाइपलाइनबाट चुहिरहेको तेल भर्ने कोसिस गरिरहेका थिए । स्थानीय टेलिभिजन च्यानलमा जारी गरिएको फुटेजमा बिस्फोटपछि आगोमा जलिरहेका मानिसहरु देखिएका थिए ।

कसरी लाग्यो आगो ?

मेक्सिकोमा थुप्रै समुदायमा तेल चोरी निकै साधारण कुरा हो । मेक्सिको सरकारका अनुसार यो चुहावटका कारण गत वर्ष मेक्सिकोलाई ३३६ अर्ब नोक्सानी भएको थियो । गत वर्ष डिसेम्बरमा मेक्सिकोका राष्ट्रपति बनेका एन्ड्रेस मेनुएल लोपेज ओब्राडोरले यसविरुद्ध एउटा ठूलो अभियान सुरु गरेका छन् । मेक्सिकोको सरकारी तेल कम्पनी पेमेक्सले आफ्नो बयानमा पाइप लाइनमा अवैध तरिकाले प्वाल पारिएकाले आगो लागेको हो ।

पाइपलाइनको सुरक्षाका लागि हज्जारौं मरिन सुरक्षाकर्मीलाई तैनाथ गरियो । यसका साथै संवेदनशील स्थानमा मानिसहरुलाई जान प्रतिबन्ध लगाइएको छ । सरकारको यो नीतिका कारण ट्यांकरबाट तेलको वितरणमा विश्वास बढ्यो । यसका साथै मेक्सिकोमा विभिन्न स्थानमा तेलको कमी र पेट्रोल पम्पमा लामो लाइनको खबर आइरह्यो ।

अन्त्यमा निभाइयो आगोः

पब्लिक सेक्युरिटी मिनिस्टर अलफोन्सो दुरोजोले आफ्नो बयानमा राती १२ बजे (स्थानीय समय) सम्म आगो निभाइएको जानकारी दिए ।स्थानीय नागरिक मार्टिन ट्रेजो भन्छन्, ‘यहाँ थुप्रै मानिसहरु ड्रमसहित उपस्थित थिए किनभने हामी तेलको अत्यधिक कमीको सामना गरिरहेका थियौं ।’५५ वर्षीय मार्टिन घटनास्थलमा थिए र उनका छोरा तेल लिनका लागि गएका थिए ।उक्त बिस्फोटपछि हिडाल्गो प्रान्तका गभर्नर ओमर फायदले ट्वीटरमा मानिसहरुलाई यस्तो दुर्घटनाबाट बच्ने कोसिस गर्न अपिल गरे ।बीबीसी

प्रकाशित मिति : ६ माघ २०७५, आईतवार १२:००