दरमखोला हाइड्रोको आईपीओ कहिले हुन्छ बाँडफाँड !
२५ साउन, काठमाडौं । दरमखोला हाइड्रो इनर्जीको आईपीओ यहि साताभित्र बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलका अनुसार कम्पनीको आईपीओ यहि साताभित्र बाँडफाँड गर्ने तयारी भइरहेको हो ।
कम्पनीको आइपीओमा अन्तिम दिनसम्ममा २३ लाख ७२ हजार ९२६ जनाले कुल २ अर्ब ८२ करोड ५२ लाख १५ हजार रुपैयाँ बराबरको २ करोड ८२ लाख ५२ हजार १५० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा ११.६६ गुणा बढी आवेदन हो ।
कम्पनीको आइपीओमा मागभन्दा बढी आवेदन परेका कारण सेयर हात पार्न भाग्यकै भर पर्नुपर्नेछ । मागभन्दा बढी आवेदन परेका कारण कम्पनीको आइपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ । गोलाप्रथाबाट बाँडफाँड गर्दा २ लाख ४२ हजार ३१८ जनाले सेयर प्राप्त गर्नेछन् भने २१ दाख ३० हजार भन्दा बढीको हात खाली हुनेछ
प्रकाशित मिति : २५ श्रावण २०८२, आईतवार १५:५३












