१५ चैत्र २०८२, आईतवार | Mon Mar 30 2026

साहस उर्जाको नाफा ११४.७५ प्रतिशतले बढ्यो

२५ साउन, काठमाडौं । साहस उर्जा कम्पनी लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।  गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ९० करोड २७ लाख खुद नाफा कमाएको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ११४.७५ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले ४२ करोड ३ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।

कम्पनीको विद्युत बिक्री आम्दानी पनि ८.१९ प्रतिशतले बढेको छ । कम्पनीले विद्युत बिक्रीबाट २ अर्ब ६४ करोड कमाएको छ । यो अवधिमा कम्पनीले ४४ लाख २२ हजार अन्य आम्दानी गरेको छ । ३ अर्ब ७८ करोड रुपैयाँ चुक्तापूँजी भएको कम्पनीको कुल चालु सम्पत्ति ९७ करोड ९९ लाख र कुल चालु दायित्व १ अर्ब ८७ करोड रुपैयाँ रहेको छ ।

कम्पनीको प्रशासनिक खर्च ७ करोड १८ लाख रुपैयाँबाट बढेर ८ करोड ७४ लाख पुगेको छ । यस्तै कम्पनीको वित्त खर्च भने १ अर्ब १६ करोडबाट घटेर ८० करोड ५९ लाख पुगेको छ । समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी २३.८८ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ४६८.७९ रुपैयाँ,प्रतिसेयर नेटवर्थ १८४ रहेको छ ।

प्रकाशित मिति : २५ श्रावण २०८२, आईतवार ११:०७