मिड सोलु हाईड्रोपावरको नाफा ४८९.९४ प्रतिशतले बढ्यो
२३ साउन, काठमाडौं । मिड सोलु हाईड्रोपावर लिमिटेडले गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । गत आवको चौथो त्रैमाससम्ममा कम्पनीले १३ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो रकम अघिल्लो आवको तुलनामा ४८९.९४ प्रतिशतले बढी हो । अघिल्लो आवको चौथो त्रैमाससम्म कम्पनीले २ करोड २३ लाख रुपैयाँ नाफा कमाएको थियो ।
यो अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी पनि १८.४६ प्रतिशतले बढेको छ । अघिल्लो आवमा २६ करोड ६५ लाख रुपैयाँ रहेको कम्पनीको विद्युत बिक्री आम्दानी बढेर ३१ करोड ५७ लाख रुपैयाँ पुगेको छ । यस्तै कम्पनीले ३ करोड २२ लाख अन्य आम्दानी गरेको छ ।
कम्पनीको कुल चालु सम्पत्ति २२ करोड १६ लाख र कुल चालु दायित्व ४ करोड १२ लाख रुपैयाँ कायम भएको छ । समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी १७.६६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १२०.१७ रुपैयाँ र मूल्य आम्दानी अनुपात ५१.९३ गुणा कायम भएको छ ।
प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार १२:३०














