१७ चैत्र २०८२, मंगलवार | Tue Mar 31 2026

एशियन हाइड्रोपावरको नोक्सानी घट्यो, प्रतिसेयर आम्दानी ऋणात्मक

२३ साउन, काठमाडौं । एशियन हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।  गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनी २ करोड ८१ लाख रुपैयाँ नोक्सानी रहेको छ। अघिल्लो आर्थिक वर्ष कम्पनीको नोक्सानी ५ करोड ८६ लाख रुपैयाँ नोक्सानीमा थियो।

कम्पनीले विद्युत बिक्रीमार्फत १३ करोड ६४ लाख आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ४.६९ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले विद्युत बिक्रीमार्फत १३ करोड ३ लाख कमाएको थियो । त्यस्तै, कम्पनीको सञ्चालन मुनाफा १३.८५ प्रतिशत बढेको छ।

समीक्षा अवधिमा कम्पनीको वित्त खर्चपनि १० करोड ८२ लाखबाट घटेर ८ करोड ४६ लाखमा सीमित बनेको छ । ३४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष ४ करोड ४७ लाख रुपैयाँ ऋणात्मक छ। समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी  ८ रुपैयाँ २८ पैसा ऋणात्मक, प्रतिसेयर नेटवर्थ ८६ रुपैयाँ ८४ पैसा र मूल्य आम्दानी अनुपात ७४.७६ गुणा ऋणात्मक रहेको छ ।

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार ०९:५७