नेपाल लाइफ इन्स्योरेन्सको तीन दिवसीय लिडरसिप एक्सिलेन्स अवार्ड
२३ साउन, काठमाडाैं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तीन दिवसीय लिडरसिप एक्सिलेन्स अवार्ड २०२५ सम्पन्न भएको छ। काठमाडौंमा साउन १६ देखि १८ गतेसम्म चलेको कार्यक्रम ‘लायन वर्ष: लिड , रोअर , रिपिट’ नाराका साथ सम्पन्न भएको हो। उक्त कार्यक्रममा देशभरिबाट उत्कृष्ट व्यवसाय गर्ने ४४० एजेन्सी तथा एजेन्सी मेनेजरहरू र कम्पनीका कर्मचारीहरूको बाक्लो उपस्थिति रहेको थियो। पानसमा दीप प्रज्वलन गरी कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवाल, सञ्चालक विमल ढकाल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रूपमा कार्यक्रमको उद्घाटन गरेका थिए।
कार्यक्रममा बोल्दै सञ्चालक समितिका सदस्य कमलेश कुमार अग्रवालले आव २०८१/८२ मा कम्पनीले प्रथम बीमा शुल्कमा ऐतिहासिक १० अर्बको कोसेढुङ्गा पार गरेकोमा सम्पूर्ण अभिकर्ता र कर्मचारीहरूलाई बधाई तथा धन्यवाद प्रकट गरे।
कार्यक्रममा बोल्दै सञ्चालक विमल प्रसाद ढकालले गत आवमा गरेको उत्कृष्ट प्रदर्शनका निम्ति सम्पूर्ण अभिकर्ताहरू तथा कर्मचारीहरूलाई धन्यवाद ज्ञापन गरे। आर्थिक मन्दीको बीच पनि उत्कृष्ट प्रदर्शन गर्न नेपाल लाइफको अभिकर्ता अब्बल रहेको कुरा बताए।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले सम्मानित हुनु भएका अभिकर्तालाई बधाई तथा शुभकामना प्रदान गरेको थियो। कार्यक्रममा सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पराजुलीले अभिकर्ताहरूलाई गत आव को कार्यसम्पादनको लागि धन्यवाद र चालु आव को व्यापार लक्ष्य पुरा गर्न सुरुबाट नै दत्तचित्त भई कार्य गर्न आह्वान गरेको थियो। गएको आर्थिक वर्षको व्यापार समीक्षा गर्दै चालु आर्थिक वर्ष २०८२/८३ मा सेल्स रणनीतिका बारेमा सम्मेलनमा जानकारी गराएका थिए।
कार्यक्रममा एजेन्सी मेनेजर तर्फबाट उत्कृष्ट १११ र व्यक्तिगत कोड तर्फबाट उत्कृष्ट ३२९ अभिकर्ताहरूलाई सम्मान गरिएको थियो। कार्यक्रममा सम्मानको साथ साथै ९६ जनालाई सम्राट पदक, ८७ जनालाई रत्न पदक र २५७ जनालाई समृद्धि पदकबाट पनि विभुसित गरिएको थियो।
त्यस्तै एजेन्सी मेनेजर तर्फबाट क्रमशः नेपाल प्रथम, द्वितीय र तृतीय हुने मदन भट्ट, स्नेहा भट्ट र बसन्ती शर्मा, तथा व्यक्तिगत कोड तर्फबाट क्रमशः नेपाल प्रथम, द्वितीय र तृतीय हुने सुमित्रा भट्ट, अर्बिन राजवंशी र आयुश कुँवरलाई अवार्डको साथै नगद पुरस्कारले पनि सम्मान गरिएको थियो।
प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार ०९:४३












