२३ मंसिर २०८२, मंगलवार | Tue Dec 9 2025

एनएमबि लघुवित्त नाफा ६ करोड ३८ लाख, प्रतिसेयर आम्दानी कति ?

२३ साउन, काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।  गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ६ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्ष लघुवित्त ५ करोड २९ लाख रुपैयाँ नोक्सानीमा थियो।

यो अवधिमा लघुवित्तले ४३ करोड ५५ लाख खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ५१.८२ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले २६ करोड ९१ लाख खुद ब्याज आम्दानी गरेको थियो । कम्पनीको खुद सञ्चालन आम्दानी ४६ करोड ३८ लाख रुपैयाँ पुगेको छ ।

यो अवधिमा कम्पनीको सञ्चालन मुनाफा ६ करोड ८८ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवमा कम्पनीको सञ्चालन मुनाफा ५ करोड ३२ लाख ऋणात्मक थियो । सो अवधिसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ४ करोड ७५ लाख रुपैयाँ र वितरणयोग्य प्रतिसेयर आम्दानी ६ रुपैयाँ ५९ पैसा रहेको छ।

७२ करोड १४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा २९ करोड २९ लाख रुपैयाँ सञ्चित छ। लघुवित्तले गत आर्थिक वर्षको अन्त्यसम्ममा ५ अर्ब ९० करोड रुपैयाँ निक्षेप तथा सापटीबाट ६ अर्ब ७५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ८५ पैसा,  प्रतिसेयर नेटवर्थ १४० रुपैयाँ ६१ पैसा र मूल्य आम्दानी अनुपात ८४.२० गुणा रेहेको छ ।

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार ०९:०९