२० चैत्र २०८२, शुक्रबार | Sat Apr 4 2026

१८.३० अंकले बढ्यो नेप्से, ८ अर्ब ५३ करोडको कारोबार

२२ साउन, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा सुधार आएको छ । यस दिन नेप्से  १८.३० अंकले बढेर २८५०.३७ को विन्दुमा कायम भएको हो । आज नेप्सेमा कारोबार भएको ३१८ कम्पनीको २ करोड ५४ लाख ३ हजार ५४० कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ५३ करोड ७५ लाख ८१ हजार रुपैयाँको कारोबार भएको छ ।

यस दिन लिबर्टी इनर्जी कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ३९ करोड १ लाख २८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन सिक्लेस हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ९.८१ प्रतिशत बढेको छ। उन्नति सहकार्य लघुवित्त वित्तीयको सेयरमूल्य यस दिन सर्वाधिक ८.२६ प्रतिशत घटेको छ।

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहीबार १५:२८