लिबर्टी इनर्जीसहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?
२२ साउन, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा सुधार आएको छ । यस दिन नेप्से १८.३० अंकले बढेर २८५०.३७ को विन्दुमा कायम भएको हो । आज नेप्सेमा कारोबार भएको ३१८ कम्पनीको २ करोड ५४ लाख ३ हजार ५४० कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ५३ करोड ७५ लाख ८१ हजार रुपैयाँको कारोबार भएको छ ।
यस दिन लिबर्टी इनर्जी कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ३९ करोड १ लाख २८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, शिवम् सिमेन्ट्सको ३६ करोड ९३ लाख ८३ हजार, हिमालयन रिइन्स्योरेन्सको २३ करोड २८ लाख ७१ हजार, नेपाल रिइन्स्योरेन्स कम्पनीको २२ करोड ८७ लाख ४८ हजार र यूनाइटेड मोदी हाइड्रोपावरको २० करोड ९२ लाख ४५ हजारको कारोबार भएको हो ।

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहीबार १५:२१














