१६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026

सिटिजन्स बैंकको सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

२२ साउन, काठमाडौं। सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले केही संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले आजदेखि संस्थापक सेयरधनीको नाममा रहेको ५५ हजार ४२३.१२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य ११५ रुपैयाँ तोकिएको छ । सो सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।

 इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाडौंमा नारायणहिटी पथमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ।

साथै, तोकिएको समयभित्र सो सेयर खरिदका लागि संस्थापक सेयरधनीहरूबाट कुनै पनि आवेदन नआएमा उक्त सेयर अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गरिने बैंकले जनाएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहीबार १०:४८