छुट्ला है ! एक कम्पनीको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन
२२ साउन, काठमाडौं । रिभर फल्स पावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद निष्कासन प्रयोजनका लागि साउन २६ गते बुक क्लोज गर्दैछ । यसको अर्थ आजसम्म नेप्सेमा कायम हुने सेयरधनीहरुले मात्रै कम्पनीको हकप्रदका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीले शतप्रतिशत अर्थात ७० करोड रुपैयाँबराबरको रु.१०० अंकित दरका कुल ७० लाख कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट हकप्रद निष्कासन गर्न गत साउन ९ गते अनुमति प्राप्त गरेको थियो । कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
प्रकाशित मिति : २२ श्रावण २०८२, बिहीबार १०:३९












