२७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025

नाफासँगै बढ्यो मिथिला लघुवित्तको प्रतिसेयर आम्दानी, खुद ब्याज आम्दानी कति ?

२२ साउन, काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।  गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ८ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७७ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ४ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४१.८६ प्रतिशत बढेर २० करोड ९१ लाख पुगेको छ । अघिल्लो आवमा कम्पनीले १४ करोड ७४ लाख खुद ब्याज आम्दानी गरेको थियो । समीक्षा अवधिसम्म कम्पनीको सञ्चालन मुनाफा १२ करोड ३३ लाख रहेको छ  । यस्तै कम्पनीको कुल सञ्चालन आम्दानी २६ करोड ३९ लाख रुपैयाँ रहेको छ ।

२२ करोड ३९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा २० करोड ४४ लाख रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले १ अर्ब ७७ करोड रुपैयाँ सापटी तथा १ अर्ब १८ करोड रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ९६ करोड कर्जा प्रवाह गरेको छ।

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी ३७ रुपैयाँ ५८ पैसा, प्रतिशेयर नेटवर्थ १९१ रुपैयाँ २९ पैसा र मूल्य आम्दानी अनुपात ४२.५५ गुणा रहेको छ।

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहीबार १०:०२