१५ चैत्र २०८२, आईतवार | Sun Mar 29 2026

नेप्सेमा झिनो अंकको सुधार, कारोबार रकम घट्ने क्रम जारी

२१ साउन, काठमाडौं । साताको चौंथो कारोबारको दिन बुधबार सेयर बजारमा झिनो अंकको सुधार आएको छ । यस दिन नेप्से २.३५ अंकले बढेर २८३६.३५ को बिन्दुमा बन्द भएको छ । आज २ करोड १६ लाख ५७ हजार कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ६३ करोड १३ लाख रुपैयाँको कारोबार भएको हो ।

आज ङादी ग्रुप पावरको सबैभन्दा बढी सेयर कारोबार भएको छ । कम्पनीको आज २९ करोड ४५ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । बुधबार तीन कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । यस दिन विन नेपाल लघुवित्त, महुली लघुवित्त र ट्रेड टावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।

 

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार १५:२८