१६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026

यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?

२१ साउन, काठमाडौं । साताको चौंथो कारोबारको दिन बुधबार सेयर बजारमा झिनो अंकको सुधार आएको छ । यस दिन नेप्से २.३५ अंकले बढेर २८३६.३५ को बिन्दुमा बन्द भएको छ । आज २ करोड १६ लाख ५७ हजार कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ६३ करोड १३ लाख रुपैयाँको कारोबार भएको हो ।

आज ङादी ग्रुप पावरको सबैभन्दा बढी सेयर कारोबार भएको छ । कम्पनीको आज २९ करोड ४५ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।

त्यस्तै, हिमालयन रि इन्स्योरेन्सको २८ करोड दुई लाख रुपैयाँ, शिवम् सिमेन्टको २४ करोड १९ लाख रुपैयाँ, एनआरएन इन्फ्रास्टक्चरको २३ करोड ८४ लाख रुपैयाँको सेयर खरिख बिक्री भएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार १५:१५