१६ भाद्र २०८२, सोमबार | Mon Sep 1 2025

मञ्जुश्री फाइनान्सले सुरु गर्यो भिडियो केवाइसी सेवा

२१ साउन, काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गर्दै भिडियो केवाइसी सेवा सार्वजनिक गरेको छ। डिजिटल माध्यमबाट सहज र सरल सेवा प्रदान गर्ने उद्देश्यका साथ यो सेवा सुरु गरिएको हो, जसले ग्राहकको समय बचत गर्नुका साथै शाखामा पुग्नु पर्ने झन्झटलाई अन्त्य गर्नेछ।

ग्राहकहरूको माग तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई समेत ध्यानमा राखी सुरु गरिएको यो सेवा फाइनान्सले प्रविधिमा आधारित सेवा विस्तारतर्फ लिएको अर्को कदम हो। बैंकिङ प्रणालीमा नवीनता र डिजिटल रूपान्तरणतर्फ अग्रसर हुँदै आएको मञ्जुश्री फाइनान्स यस क्षेत्रको एक अग्रणी संस्था मानिन्छ।

हालसम्म करिब २३ अर्ब रुपैयाँ निक्षेप संकलन गरिसकेको फाइनान्सले करिब १८ अर्ब ६० करोड रुपैयाँ कर्जा परिचालन गरिसकेको छ। यस संस्थाले आकर्षक ब्याजदरमा निक्षेप संकलन गर्दै सुलभ दरमा कर्जा प्रवाह गरिरहेको छ।

मञ्जुश्री फाइनान्सले हालसम्म देशभर २७ वटा शाखा र १ वटा विस्तारित काउन्टरमार्फत आफ्ना सेवाहरू प्रदान गर्दै आइरहेको छ। हालसम्म १ लाख ५० हजारभन्दा बढी सन्तुष्ट ग्राहकहरूलाई सेवा प्रदान गरिसकेको मञ्जुश्री फाइनान्स देशकै अग्रणी फाइनान्स कम्पनीको रूपमा स्थापित हुँदै गएको छ।

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार ११:३३