सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
२१ साउन, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ९८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रतितोला १ लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदीको मूल्य तोलामा २५ रुपैयाँ बढेर प्रतितोला २ हजार ३०५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला दुई हजार २८० रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार ११:२०












