१६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026

छ्याङदी हाईड्रोपावरको अवितरित हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन

२१ साउन, काठमाडौं । छ्याङदी हाईड्रोपावरको लिलाम बढाबढ प्रक्रियामार्फत बिक्रीमा ल्याएको अवितरित हकप्रद शेयर खरिदका लागि बोलपत्र पेश गर्ने आज (साउन २१ गते) अन्तिम दिन रहेको छ।  कम्पनीले गत जेठ २३ गतेदेखि असार २७ गतेसम्म १ः१ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको २ लाख ९८ हजार ८३२ कित्ता सेयर गत साउन १४ गतेदेखि लिलामीमातर्फ बिक्रीमा राखेको थियो ।

यो सेयर खरिदका लागि जो सुकै व्यक्ति,कम्पनी वा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेश गर्न सकिने कम्पनीले जनाएको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले ग्लोबल आइएमई क्यापिटल, ग्लोबल आइएमई बैंकको शाखा कार्यालयहरु, विर्तामोड,विराटनगर, जनकपुर,विरगञ्ज,हेटौडा, नारायणगढ,पोखरा, बुटवल बाग्लुङ,नेपालगञ्ज, ,सुर्खेत,दाङ, धनगढी र महेन्द्रनगरबाट आवेदन पेश गर्न सक्नेछन् ।

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार १०:३७