१६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026

नेप्सेसँगै घट्यो कारोबार रकम

२० साउन, काठमाडौं । साता तेस्रो कारोबारको दिन मंगलबार सेयर बजार उच्च अंकको गिरावट आएको छ । आज नेप्से ४१.७८ अंकले घटेर २८३३.५७ को बिन्दुमा कायम भएको छ । आज ३२५ कम्पनीको २ करोड २२ लाख ७ हजार कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ३३ करोड ३९ लाख रुपैयाँको कारोबार भएको हो ।

मंगलबार दुई लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यस दिन समाज लघुवित्त र उन्नति सहकार्य लघुवित्तकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हाे ।  थ्रि स्टार हाइड्रोपावरको सेयरमूल्य यस दिन सर्वाधिक १० प्रतिशत घटेको छ। हिमालयन रि इन्स्योरेन्सको सबैभन्दा बढी कारोबार भएको छ । यस दिन कम्पनीको ३९ करोड २८ लाख रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलवार १५:४५