दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट, कुनको मूल्य कति बढ्यो
२० साउन, काठमाडौं । साता तेस्रो कारोबारको दिन मंगलबार सेयर बजार उच्च अंकको गिरावट आएको छ । आज नेप्से ४१.७८ अंकले घटेर २८३३.५७ को बिन्दुमा कायम भएको छ । आज ३२५ कम्पनीको २ करोड २२ लाख ७ हजार कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ३३ करोड ३९ लाख रुपैयाँको कारोबार भएको हो ।
मंगलबार दुई लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यस दिन समाज लघुवित्त र उन्नति सहकार्य लघुवित्तकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हाे ।
त्यस्तै, विन नेपाल लघुवित्तको ४.६४ प्रतिशत, सिर्जनशील लघुवित्तको ४.२२ प्रतिशत, महुली लघुवित्त लगायतका कम्पनीहरुको सेयरमूल्य बढेकाे छ ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलवार १५:१८














