उपकार लघुवित्तको नाफा ३ करोड ४२ लाख
२० साउन, काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा लघुवित्तले ३ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्त ३ करोड ५१ लाख रुपैयाँ नोक्सानीमा थियो।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १६.८२ प्रतिशत बढेर १५ करोड ५३ लाख पुगेकाे छ । अघिल्लो आवमा कम्पनीले १३ करोड २९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । याे अवधिमा कम्पनीकाे कुल सञ्चालन आम्दानी १७ करोड ९४ लाख र सञ्चालन मुनाफा ४ करोड ६५ लाख रुपैयाँ रहेको छ ।
१० करोड ६१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १३ करोड ७ लाख रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको अन्त्यस्म्ममा लघुवित्तले ९२ करोड ३६ लाख रुपैयाँ निक्षेप तथा १ अर्ब ४० करोड २७ लाख रुपैयाँ सापटीबाट २ अर्ब ४५ करोड ८३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी ३२ रुपैयाँ २६ पैसा, प्रतिसेयर नेटवर्थ १९० रुपैयाँ ९६ पैसा र मूल्य आम्दानी अनुपात १०५.०७ गुणा रहेका छ।
प्रकाशित मिति : २० श्रावण २०८२, मंगलवार ११:३३












