प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से
२० साउन, काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। यस दिन सो सेसनमा नेप्से ०.२० अंकले बढेर २८७५.५६ विन्दुमा पुगेको छ।
मंगलबार प्रि ओपन सेसनमा ५५ स्टकको १५७ पटकको कारोबारमा २ करोड ९८ लाख ९७ हजार १४६ रुपैयाँ ८० पैसाबराबरको ५२ हजार ७२२ कित्ता सेयर खरिदबिक्री भएको छ।
प्रकाशित मिति : २० श्रावण २०८२, मंगलवार ११:०४














