२७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025

सुनको मूल्य हालसम्मकै उच्च, कति पुग्यो तोलाको ?

२० साउन, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । सुनको मूल्य निरन्तर तेस्रो दिन बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य तोलामा १ हजार ९०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य हालसम्मकै उच्च हो । सोमबार छापावाल सुन प्रतितोला १ लाख ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

यस दिन चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेर प्रतितोला २ हजार २८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। सोमबार चाँदी तोलाको २ हजार २५५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलवार १०:५५