दुर्गा प्रसाईंलाई रिहा गर्न उच्च अदालत पाटनको आदेश
१९ साउन, काठमाडौँ । राजा ल्याउने अभियानका क्रममा पक्राउ परेका दुर्गा प्रसाईंलाई रिहा गर्न उच्च अदालत पाटनले आदेश दिएको छ । चैत १४ मा भएको हिंसात्मक प्रदर्शनको मुख्य फिल्ड कमाण्डर भनेर प्रचार गरिएका प्रसाइमाथि प्रहरीले विभिन्न अभियोगमा मुद्दा दर्ता गरेको थियो । सोमबार उच्च अदालत पाटनले प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ ।
प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार १९:१८