कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक, यसरी थाहा पाउन सकिन्छ परीक्षाफल
१९ साउन, काठमाडाैँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक गरेको छ। राष्ट्रिय परीक्षा बोर्डको सोमबार बसेको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो । बोर्डका अनुसार result.neb.gov.np वा neb.gov.np र नेपाल टेलिकमको वेबसाइट https://neb.ntc.net.np बाट नतिजा हेर्न सकिने छ ।
प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार १९:०५