२६ चैत्र २०८२, बिहिबार | Fri Apr 10 2026

रिलायन्स फाइनान्सको सञ्चालकमा सन्दिपा अधिकारी

१९ साउन, काठमाडौं । रिलायन्स फाइनान्स कम्पनी लिमिटेडको सञ्चालकमा सन्दिपा अधिकारी नियुक्त हुनुभएको छ। साउन १८ गते बसेको कम्पनीको सञ्चालक समितिको ३५१ औं बैठकले अधिकारीलाई रिक्त रहेको सञ्चालक पदमा बाँकी अवधिका लागि नियुक्त गर्ने निर्णय गरेको हो ।

अधिकारी सर्वसाधारण सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्नेगरी सञ्चालक नियुक्त हुनुभएको हो ।

प्रकाशित मिति : 11:12