१५ चैत्र २०८२, आईतवार | Sun Mar 29 2026

प्रि ओपन सेसनमा साढे १ अंकले घट्यो नेप्से

१९ साउन, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १ अंकले घटेर बन्द भएको छ। यस दिन सो सेसनमा नेप्से १.६३ अंकले घटेर २८५७.२६ विन्दुमा झरेको छ।

सोमबार प्रि ओपन सेसनमा ६५ स्टकको २०१ पटकको कारोबारमा ४६ लाख ५ हजार २२७ रुपैयाँ ५० पैसाबराबरको १० हजार ३९१ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार ११:०३