सोमबार बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
१९ साउन, काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख ९६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार छापावाल सुन प्रतितोला १ लाख ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
यस दिन चाँदी तोलामा ५ रुपैयाँ बढेर प्रतितोला २ हजार २५५ रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी तोलाको २ हजार २५० रुपैयाँमा कारोबार भएको थियो।
प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार ११:०१












