१६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026

बुद्धभुमि नेपाल हाइड्रो २ करोड २५ लाख नोक्सानीमा, प्रतिसेयर आम्दानी पनि ऋणात्मक

१९ साउन, काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनी २ करोड २५ लाख रुपैयाँ नोक्सानीमा रहेको छ। अघिल्लो आर्थिक वर्ष कम्पनी १ कराड ४९ लाख रुपैयाँ नोक्सानीमा थियो। समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी १४ करोड ८८ लाख रुपैयाँबाट घटेर १४ करोड ३७ लाख रुपैयाँमा सीमित भएको छ।

कम्पनीले समीक्षा अवधिसम्ममा ७ करोड २६ लाख रुपैयाँबराबरको कुल खर्च गरेको छ । अघिल्लो आवमा कम्पनीको कुल खर्च ६ करोड २७ लाख रुपैयाँ थियो । कुल नाफा १४ करोड १ लाख रुपैयाँबाट १३ करोड ६२ लाख रुपैयाँमा झरेको छ।

कम्पनीको चुक्तापूँजी ४० करोड रुपैयाँबराबर रहेको छ । कम्पनीको रिटेन्ड अर्निङ्ग १० करोड ४७ लाख रुपैयाँ ऋणात्मक रहेको छ। समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ६५ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ७७ रुपैयाँ १४ पैसा रहेको छ।

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार १०:३१