२८ मंसिर २०८२, आईतवार | Sun Dec 14 2025

जसले गल्ती गरेको हो, त्यसले आत्मालोचना गर्नुपर्छः प्रचण्ड

१८ साउन, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जसले गल्ती गरेको छ, उसैले आत्मालोचना गर्नुपर्ने बताउनुभएकाे छ ।

स्थायी कमिटी बैठकबाट बाहिरिने क्रममा पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले यस्ताे बताउनुभएकाे हाे । जनार्दन शर्माले अध्यक्ष प्रचण्डबाट आत्मालोचना हुनुपर्ने भनी दिएको अभिव्यक्तिबारे प्रश्नमा उहाँले भन्नुभयाे, ‘अहिले छलफल चलिराखेकै छ, जसले गल्ती गरेको हो त्यसले आत्मालोचना गर्ने हो ।’

प्रकाशित मिति : १८ श्रावण २०८२, आईतवार १७:५४