आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?
१८ साउन, काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा भारी अंकको गिरावट आएको छ । यस दिन नेप्से ६५.२० अंकले घटेर २८५७.४३ को बिन्दुमा बन्द भएको छ ।
आज ३१९ वटा कम्पनीको तीन करोड २२ लाख ६० हजार कित्ता सेयर खरिद–बिक्री हुँदा १३ अर्ब सात करोड ५० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
उक्त दिन नेपाल रिइन्स्योरेन्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ७५ करोड ३९ लाख ६४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, यस दिन हिमालयन रिइन्स्योरेन्सको ७१ करोड ५५ लाख ६६ हजार रुपैयाँ, हिमालयन डिस्टीलरीको ५८ करोड ८२ लाख ५५ हजार रुपैयाँ, शिवम् सिमेन्ट्सको ५५ करोड २ हजार रुपैयाँ, ङादी ग्रुप पावरको ४२ करोड ५५ लाख १ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : १८ श्रावण २०८२, आईतवार १५:१८













