दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट, कुनको मूल्य कति बढ्यो ?
१८ साउन, काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा भारी अंकको गिरावट आएको छ । यस दिन नेप्से ६५.२० अंकले घटेर २८५७.४३ को बिन्दुमा बन्द भएको छ ।
आज ३१९ वटा कम्पनीको तीन करोड २२ लाख ६० हजार कित्ता सेयर खरिद–बिक्री हुँदा १३ अर्ब सात करोड ५० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आइतबार दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । यस दिन ट्रेड टावर लिमिटेड र शिव श्री हाइड्रो लिमिटेडको सेयरमा सकारात्मक सर्किट लागेको हाे । यी कम्पनीकाे सेयरमूल्य यस दिन ९.९९ प्रतिशतले बढेकाे छ ।

प्रकाशित मिति : १८ श्रावण २०८२, आईतवार १५:१३














