ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
१८ साउन, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य तोलामा ३ हजार ४०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख ९६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
गत शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ९३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । यस दिन चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेर प्रतितोला दुई हजार २५० रुपैयाँ खरिदबिक्री भइरहेको छ । गत शुक्रबार चाँदी प्रतितोला दुई हजार २३५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति : १८ श्रावण २०८२, आईतवार १०:५४












