२०३ रुपैयाँ मै प्रभु महालक्ष्मी लाइफको सेयर बिक्रीमा, क-कसले किन्न पाउछन् ?
१८ साउन, काठमाडौं। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले केही संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको १ लाख ३० हजार ४४२ सय कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । सो सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २०३ रुपैयाँ तोकिएको छ । लगानीकर्ताले बोलपत्र आवेदन पेश गर्दा सम्पूर्ण कित्ताका लागि दिनु पर्नेछ ।
बिक्रीमा राखिएको सेयरमा कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक सेयरधनीहरूले सूचना जारी भएको ३५ दिभित्र काठमाडौंको कमलादीमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्नेछ ।
प्रकाशित मिति : १८ श्रावण २०८२, आईतवार १०:२१












