सिवाईसी नेपाल लघुवित्तको नाफा २०८.४४ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा कति ?
१८ साउन, काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ११ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २०८.४४ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ३ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
यो अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ४५ करोड ३ लाख रुपैयाँ रहेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा ४१.२९ प्रतिशतले बढी हो । अघिल्लो आवमा संस्थाले ३१ करोड ८७ लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको थियो । समीक्षा अवधिमा लघुवित्तको वितरणयोग्य मुनाफा २ करोड ९७ लाख रुपैयाँबाट बढेर ९ करोड १० लाख रुपैयाँ पुगेको छ।
संस्थाको खुद सञ्चालन आम्दानी ४९ करोड ९४ लाख र सञ्चालन मुनाफा १६ करोड २७ लाख रुपैयाँ पुगेको छ । २६ करोड ६४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ४७ करोड २० लाख रुपैयाँ सञ्चित छ। पछिल्लो १ वर्षमा लघुवित्तको निक्षेप तथा सापटी १०.४९ प्रतिशत र कर्जा ४.९६ प्रतिशत बढेको छ।
समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी ४४ रुपैयाँ ९ पैसा, वितरणयोग्य प्रतिसेयर आम्दानी ३४ रुपैयाँ १७ पैसा, प्रतिसेयर नेटवर्थ २७७ रुपयाँ १७ पैसा र मूल्य आम्दानी अनुपात ४०.२८ गुणा रहेको छ।
प्रकाशित मिति : १८ श्रावण २०८२, आईतवार ०९:५८












