स्वस्तिक लघुवित्तको आईपीओ बाँडफाँड
१६ साउन, काठमाडौं । स्वस्तिक लघुवित्तले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गरेको पहिलो चरको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । शुक्रबार बिहान बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्टले आईपीओ बाँडफाँड सम्पन्न गरेको हो ।
आईपीओमा ६७ हजार ३ सय २९ जनाबाट १० लाख ३७ हजार १ सय ३० कित्ताको लागि आवेदन परेको थियो । माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट कम्पनीको आईपीओ बाँडफाँड गरेको हो । गोलाप्रथाबाट बाँडफाँड गर्दा २ हजार ३ सय १० जनाले १० कित्ताको दरले सेयर पाएका छन्।
कम्पनीले पहिलो चरणमा २३ हजार १ सय कित्ता सेयर निष्काशन गरेको थियो। यो आईपीओ बाँडफाँड भएपछि अब कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणलाई सेयर निष्काशन गर्नेछ।
प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार ११:१८