२८ भदौ २०८३, आइतबार | Sun Sep 13 2026

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

१६ साउन, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ। अघिल्लो दिन अर्थात बिहीबार पनि सुनको मूल्य घटेको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेर  छापावाल सुन प्रतितोला १ लाख ९३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार छापावाल सुन प्रतितोला १ लाख ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, यस दिन चाँदीको मूल्य तोलामा ३५ रुपैयाँ घटेर २ हजार २३५ रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी तोलामा २ हजार २७० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : August 1, 2025 at 10:50 am