११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

अगष्ट ८ मा दुर्गेश थापा सहित कलाकारहरुले एडिलेडमा लाइभ प्रस्तुति दिने

एडिलेड । चर्चित गायक दुर्गेश थापा र लोकप्रिय ब्यान्ड आस्थाका सदस्यहरू सँगै एडिलेडमा भव्य सांगीतिक प्रस्तुति प्रस्तुत गर्ने भएका छन् ।

दुश्मन हेरेको हेराइ” नामक लाइभ कन्सर्ट आगामी ८ अगस्ट मा वुडभिल टाउन हलमा आयोजना हुने भएको छ । कार्यक्रमका प्रमुख कलाकारहरूमा दुर्गेश थापा, आस्था ब्यान्डका नरेन लिम्बु र सुदीप गुरुङ रहेका छन्।

यस कार्यक्रमको मुख्य प्रायोजक प्रिबोर्ड रहेको छ भने, ब्रिजरक्स र एसके इन्टरटेनमेनले कार्यक्रम आयोजना गर्दैछन्। कन्सर्टको टिकट वितरण साझेदार टिकटोर्ट रहेको छ।

नेप जेड ब्रिजबेनद्वारा आयोजित अष्ट्रेलिया टुर अन्तर्गत एडिलेडको यो प्रस्तुति नेपाली संगीत प्रेमीहरूको लागि विशेष आकर्षण बन्ने अपेक्षा गरिएको एसके इन्टरटेनमेनका निर्देशक कमल थापा मगरले बताए ।

प्रकाशित मिति : July 31, 2025 at 3:42 pm