३१.५० अंकले घट्यो नेप्से, १५ अर्ब ९८ करोडको कारोबार ?
१५ साउन, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । यस दिन नेप्से ३१.५० अंकले घटेर २९२२.६३ को विन्दुमा बन्द भएको छ ।
आज नेप्सेमा कारोबार भएको ३१८ कम्पनीको ३ करोड ६८ लाख ७१ हजार २४४ कित्ता सेयर किनबेच हुँदा १५ अर्ब ९८ करोड ८९ लाख ११ हजार रुपैयाँको कारोबार भएको छ ।
आज हिमालयन रिइन्स्योरेन्सको सेयरमा लगानीकर्ता झुम्मिएका छन् । आज कम्पनीको १ अर्ब ३३ करोड ८८ लाख १६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कर्पोरेट डेभपलपपमेन्ट बैंक र ट्रेड टावर लिमिटेडको सेयरमा यस दिन सकारात्मक सर्किट लागेको भुगोल इनर्जी डेभलपमेन्ट कमपनीको सेयरमूल्य यस दिन सर्वाधिक ७.१० प्रतिशत घटेको छ।
प्रकाशित मिति : १५ श्रावण २०८२, बिहीबार १५:२७














