दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट, कुनको मूल्य कति बढ्यो ?
१५ साउन, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । यस दिन नेप्से ३८.४० अंकले घटेर २९१५.७३ को विन्दुमा बन्द भएको छ ।
आज नेप्सेमा कारोबार भएको ३१८ कम्पनीको ३ करोड ६८ लाख ७१ हजार २४४ कित्ता सेयर किनबेच हुँदा १५ अर्ब ९८ करोड ८९ लाख ११ हजार रुपैयाँको कारोबार भएको छ ।
यस दिन दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । कर्पोरेट डेभपलपपमेन्ट बैंक, ट्रेड टावर लिमिटेडको सेयरमा यस दिन सकारात्मक सर्किट लागेको हो ।

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहीबार १५:१३













