नेपाल पुनर्बीमाले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने
१५ साउन, काठमाडाैं । नेपाल पुनर्बीमा कम्पनीले शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीको साउन १४ गते बुधबार बसेको सञ्चालक समितिको ५७० औं बैंठकले हकप्रद जारी गर्ने निर्णय गरेको हो ।
कम्पनीले नेपाल बीमा प्राधिकरणको निर्देशन अनुसार पूँजी वृद्धि गर्ने भएको हो । प्राधिकरणकाे २०८१ पुस २५ गते गरेको निर्देशन अनुसार २०८२ माघ मसान्त भित्रै पूँजी वृद्धि गर्नुपर्ने कम्पनीले जानकारी गराएको छ ।
नेपाल सरकार अर्थमन्त्रालयको स्वीकृत लिई हाल कायम रहेका सेयरधनीलाई शतप्रतिशत हकप्रद सेयर जारी गरी पूँजी बृद्धि गर्ने र त्यस प्रयोजनकोलागि कम्पनी ऐन २०६३ को दफा ५६ (१) र दफा ८३ (क) अनुसार आगामी साधारण सभामा विशेष प्रस्ताव पेश गर्ने निर्णय गरिएको कम्पनीले उल्लेख गरेको छ।
प्रकाशित मिति : १५ श्रावण २०८२, बिहीबार ११:४२












