आज घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
१५ साउन, काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला १ लाख ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले घटेर प्रतितोला दुई हजार २७० रुपैयाँ खरिदबिक्री भइरहेको छ । बुधबार चाँदी प्रतितोला दुई हजार ३१० रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति : १५ श्रावण २०८२, बिहीबार १०:५३












