१ पुष २०८२, मंगलवार | Tue Dec 16 2025

२५५.८० प्रतिशतले बढ्यो महुली लघुवित्तको नाफा, प्रतिसेयर आम्दानी कति ?

१५ साउन, काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा लघुवित्तले ११ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २५५.८० प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ३ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४३.०२ प्रतिशतले बढेको छ ।  कम्पनीले ३६ करोड ७२ लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । लघुवित्तको वितरणयोग्य मुनाफा १२ करोड ४१ लाख रुपैयाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी ३३ रुपैयाँ ५७ पैसा रहेको छ।

३६ करोड ९९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ४२ करोड ३१ लाख रुपैयाँ सञ्चित छ। लघुवित्तले गत आर्थिक वर्षको अन्त्यसम्ममा ४ अर्ब ७४ करोड ३ लाख रुपैयाँ निक्षेप तथा सापटीबाट ५ अर्ब २४ करोड ७९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

अघिल्लो आवमा ५ करोड ११ लाख रहेको कम्पनीको खुद शुल्क तथा कमिशन आम्दानी ५ करोड २३ लाख पुगेको छ । त्यस्तै कम्पनीको खुद सञ्चालन आम्दानी ४० करोड १९ लाख र सञ्चालन मुनाफा १६ करोड ३६ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी ३० रुपैयाँ ८६ पैसा, प्रतिसेयर नेटवर्थ २१४ रुपैयाँ ३९ पैसा र मूल्य आम्दानी अनुपात ४१.८६ गुणा रहेको छ।

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहीबार ०९:२२