१७ चैत्र २०८२, मंगलवार | Tue Mar 31 2026

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

१४ साउन, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र सूचीकृत भएको छ । नेप्सेमा बैंकको ७ वर्ष अवधि तथा ७ प्रतिशत ब्याजदर भएको अंकित तथा चुक्ता मूल्य रु.१ हजार दरका कुल २५ लाख कित्ता भएको ‘७ प्रतिशत आरबीबीएल डिबेञ्चर २०८८’ सूचीकृत भएको हो । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबीच ऋणपत्र सूचीकरण सम्झौता सम्पन्न भएको छ ।

सम्झौतामा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल र नेपाल स्टक एक्सचेञ्जका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चुडामणी चापागाईंले हस्ताक्षर गरे । उक्त ऋणपत्रको दोस्रो बजारमा साउन १५ गतेबाट कारोबार सुरु हुनेछ भने ।

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार १८:०२