१ पुष २०८२, मंगलवार | Wed Dec 17 2025

आज बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

१४ साउन, काठमाडौं । स्थानिय बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज  सुनको मूल्य तोलामा १४ सय रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख ९४ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

मंगलबार छापावाल सुन प्रतितोला १ लाख ९३ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको मूल्य १० रुपैयाँले बढेर प्रतितोला २ हजार ३१० रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार ११:०७