२ आश्विन २०८२, बिहीबार | Thu Sep 18 2025

कालिका लघुवित्तको नाफासँगै बढ्यो प्रतिसेयर आम्दानी

१४ साउन, काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चौथो त्रैमाससम्मको अवधिमा कम्पनीले १० करोड ८० लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ३६.४२ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ७ करोड ९२ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।

यो अवधिसम्ममा कम्पनीले ३८ करोड १० लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आवमा संस्थाले आर्जन गरेको २५ करोड ३५ लाखको तुलनामा ५०.२९ प्रतिशतले बढी हो ।

यो अवधिसम्ममा कम्पनीको खुद सञ्चालन आम्दानी ४३ करोड ७५ लाख रुपैयाँ पुगेको छ । यस्तै सञ्चालन खर्च २५.१९ प्रतिशतले बढेर २८ करोड ३३ लाख रुपैयाँ पुगेको छ । ४० करोड ७६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ३५ करोड २४ लाख रुपैयाँ सञ्चित छ। लघुवित्तत्तले गत आर्थिक वर्षको अन्त्यसम्ममा १ अर्ब ६४ करोड ६९ लाख रुपैयाँ निक्षेप तथा सापटीबाट ४ अर्ब ८४ करोड ७४ रुपैयाँ कर्जा लगानी गरेको छ।

समीक्षा अवधिसम्म संस्थाको वितरणयोग्य मुनाफा ६ करोड १९ लाख र वार्षिक वितरणयोग्य प्रतिसेयर आम्दानी १५.१९ रुपैयाँ रहेको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी २६ रुपैयाँ ५१ पैसा, मूल्य आम्दानी अनुपात ३९.९६ गुणा र प्रतिसेयर नेटवर्थ १८६ रुपैयाँ ४४ पैसा रहेको छ।

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार ०९:३२